मेची किनारका स्थानीय विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेची किनारका स्थानीय विस्थापित

mechi bisthapit

खगेन्द्र घिमिरे

झापा, २५ असार ।  मेची नदीले जमिन कटान गर्न थालेपछि झापा भद्रपुर नगरपालिका ५ स्थित मेची किनारका स्थानीय विस्थापित भएका छन् । तटबन्धन निर्माण नहुँदा नदीले जमिन कटान गरेको हो ।

अविरल वर्षाका कारण मेची नदीले जमिन कटान गर्न थालेपछि झापा भद्रपुर नगरपालिका ५ स्थित मेचीकिनारका स्थानीय विस्थापित भएका छन् । निर्माण कम्पनी सूर्य एण्ड सन्स जेभीले मेची नदीको तटबन्धन कार्यलाई अधुरो छोडेपछि सुकुम्बासी बस्तीका घरपरिवार विस्थापति भएका हुन ।

पुल निर्माण कम्पनीले दक्षिणतर्फको बस्ती जोगाउन १ सय ७० मिटर तटबन्धन लगाएको छ । तर, थप ७० मिटरमा तटबन्ध निर्माण रोकिएको छ । नदीले जमिन कटान गरेपछि स्थानीयले घर भत्काउँदै जमिन खाली गर्न थालेका छन् ।

करिब ४० घरपरिवार बस्दै आएको सो बस्तीमा विस्थापति भएकालाई नगरपालिकाले सुरिक्षत स्थानमा सार्ने तयारी गरेको छ । तटबन्ध निर्माणका माग गर्दै सो बस्तीका स्थानीय सम्बन्धित निकायमा धाउने गरेका छन् । तर तटबन्ध बनाउन कसैले चासो दिएको छैन । उनीहरुले तत्काल तटबन्ध बनाउन स्थान्ीय सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);