मेची किनारका तटबन्धन निर्माण गर्न स्थानीयको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मेची किनारका तटबन्धन निर्माण गर्न स्थानीयको माग

mechi tatbandha

सुरेन्द्र भण्डारी
झापा, ६ बैशाख
। बर्सेनी डुबानको चपेटामा पर्दै आएका झापा मेची किनारका स्थानीयले तटबन्धन निर्माणको माग गरेका छन् । मेची नदीमा बर्सेनी आउने बाढीले धनजनको क्षति गरेको भन्दै उनीहरुले तटबन्धन निर्माणको माग गरेका हुन् ।

नेपाल–भारतको सीमावर्ती भद्रपुर नगरपालिका–५ स्थित मेची किनारका स्थानीय बर्सेनी डुबानमा पर्ने गरेका छन् । बर्खामा मेची नदीमा आउने बाढीले बस्ती डुबानमा पर्दा सो क्षेत्रका झण्डै ४० घरपरिवार कष्टकर जीवन बिताउन बाध्य छन् । मेची पूलको दायाँबायाँ तारजालीको तटबन्धन बनाइदै छ । तर, निर्माण कम्पनीले १ सय ७० मिटरको तटबन्धन बनाएर अधुरो छोडेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरुले बस्तीलाई बाढीबाट जोगाउन थप ७० मीटर तटबन्धन निर्माण गर्न माग गरेका छन् ।

मेची पूल निर्माण कम्पनीले चासो नदिएको भन्दै पीडितहरु भद्रपुर नगरपालिका पुगेका छन् । नगरपालिकाले बाढी पीडितहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । निर्माण कम्पनीले ताराजाली र ढुंगा नभएका कारण थप ७० मीटरमा तटबन्धन बनाउन नसकिएको बताएको छ ।

बर्खामा बर्सेनी सो क्षेत्रमा बढीले धेरै धनजनको क्षति गर्ने गरेको छ । जब बाढी आउँछ तब रोकथामको आवाज उठ्ने गरेको छ । बर्खामा क्षति हुन नदिन तत्काल तटबन्धन बनाउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);