Our Network

माघ १० २०७८, सोमबार

गुन्डा नाइके मनोज पुनका ५ सहयोगी पक्राउ

manoj pun sahayogi

रुपन्देही, ६ बैशाख । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनका ५ जना सहयोगी पक्राउ परेका छन् । दुई महिनाअघि इन्काउनटरमा मारिएका पुनका ५ जना सहयोगीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल–७ शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का र स्याङजा पुतलीबजार–४ का हरिप्रसाद श्रेष्ठ छन् ।

पक्राउ परेका पाँचै जना एमाले र माओवादी केन्द्रका कार्यकर्ता रहेको खुलासा भएको छ । पुनको विशेष सहयोगीको रूपमा काम गरेको प्रमाण फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।