चन्द्रगढी जोड्ने सहिद मार्ग जथाभावी रुपमा स्तरोन्नति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चन्द्रगढी जोड्ने सहिद मार्ग जथाभावी रुपमा स्तरोन्नति

sahid marga

झापा, ३० चैत । झापाको धुलावारीबाट सदरमुकाम चन्द्रगढी जोड्ने सहिद मार्ग जथाभावी रुपमा स्तरोन्नति भइरहेको छ ।

सवारी साधन नै अवरोध हुने गरि सडकको स्तरोन्नति भइरहेको छ । मेची नगरपालिका क्षेत्रभित्र बन्न लागेको ९ सय २८ मिटर सडकको कालोपत्रे गर्ने काम जथाभावी भएको स्थानीयले गुनासो गरेका छन् । सो सडकको स्तरोन्नति मेची नगरपालिकाबाट ६९ लाख ९७ हजार र उपभोक्ताबाट २९ लाख गरि १ करोडको लागतमा बनाउन लागिएको हो । तर निर्माण गर्न नगरपालिकाले अहिलेसम्म २९ लाख मात्र निकासा गरेको छ ।

बाँकी बजेट निकासा नभएका कारण निमार्ण कार्य अवरोध भएको निर्माण समितिका अध्यक्ष राजेन्द्र कट्टाले बताए । सडक समयमा नबन्दा व्यवसाय धरासायी भएको भन्दै व्यापारी र स्थानीयले सडक निर्माण छिटो गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);