लालबकैया नदीले तटबन्ध कटान गर्न थालेपछि स्थानीय त्रसित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लालबकैया नदीले तटबन्ध कटान गर्न थालेपछि स्थानीय त्रसित

राकेश यादव

रौतहट, १९ असार । रौतहटको लालबकैया नदीले तटबन्ध कटान गर्न थालेपछि बौधीमाई नगरपालिका २ स्थित इनर्वाटोल डुबान र बाढीको जोखिममा परेको छ । एक दर्जन भन्दा धेरै गाउँ जोखिममा परेपछि स्थानीय त्रसित भएका छन् ।

रौतहटको लालबकैया नदीले तटबन्ध कटान गर्न थालेपछि एक दर्जन भन्दा धेरै गाउँ जोखिममा परेको हो । रौतहटको इनर्वा, इनरवारी, पिपरिया, कोपवा, बसन्तपटी, अजगैवी लगायतका बस्ती डुबान र बाडीको जोखिममा परेका छन् ।

गतबर्षको बाढीले कटान गरेको तटबन्ध अस्थायी रुपमा बनाइएको थियो । फेरी अविरल बर्षासँगै पानीको सतह बढेपछी तटबन्ध कटान हुन थालेको छ । लालबकैया नदीको कटानले बौधीमाई नगरपालिका २ स्थित इनर्वाटोल विषेशगरि जोखिमा परेको छ ।

सो टोलमा २ सय ५० घरपरिवार रहेका छन् । प्रशासनले नदी नजिकै रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ । बस्ती जोखिममा परेपछि स्थानीय त्रसित भएका छन् ।

लालबकैया, बागमती, लमाहा, झाझ, अडुवा खोलामा पानीको सतह उच्च रहेको छ । कटान रोक्नका लागी नेपाल प्रहरी र शसस्त्र प्रहरी खटीएका छन । नेपाली सेनाको टोलीलाई उद्दारकार्यमाका लागी तयारी अवस्थामा राखिएको छ । नदी नजिकै रहेका स्थानीयले सुरक्षित स्थानमा सार्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);