पोखरीमा डुबेर एक बालिकाको ज्यान गयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखरीमा डुबेर एक बालिकाको ज्यान गयाे

सुशिल भण्डारी,

अछाम, १९ असार
अछामको रामारोशन गाउँपालीका वडा नम्बर ७ सुतारको घोडे ढुंगा निवासी लाल भण्डारीकी सात बर्षकी छोरी बिनीता भण्डारीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

हिजो बेलुकी खेलीरहेको अवस्थामा सिँचाई पोखरीमा खसेर ७ बर्षिया बिनीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक रुकेश ताण्डुकारले जानकारी दिए । मृतक बालीका देउरा देबी प्राबिमा कक्षा २ मा अध्यनरत थिइन् ।

मृतक बालीकाको शव आज पोष्टमार्टमका लागी जिल्ला अस्पताल अछाम ल्याईदैछ । २०७४ साल देखी हाल सम्म रामारोशन गाउँपालीकामा ५ जना बालबालीकाको पानिमा डुबेर मृत्यु भईसकेको छ।

२०७४ सालमा २ जना र २०७५ सालको जेठ र असार महिनामा तिन जना गरी ५ जना बालबालीका पानिमा डुबेर मृत्युको सिकार भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);