पोखरीमा डुबेर आमा र ९ दिनको नवजातसहित ३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरीमा डुबेर आमा र ९ दिनको नवजातसहित ३ जनाको मृत्यु

राजिव शाह,
सर्लाही । सर्लाहीको ब्रहमपुरी गाउँपालिकामा पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ ।

ब्रहमपुरी गाउँपालिका वडा न- ३ बस्ने संजिव कापरकी श्रीमती रितेवा देवी कापर आफनो २ वर्षीया छोरी र ९ दिनको नवजात छोरासहित गाउँपालिका स्थित रहेको सुर्यबंश पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनु भएको छ ।

वडाध्यक्ष शयाम ईनदल साहका अनुसार राति करिब १ बजेको समयमा घरबाट २ जना बच्चाहरु लिएर मृतक महिला कापर गायब भएकी थिइन् ।

अहिले मृतक महिलाका श्रीमान संजिव कापर श्रीमती र बच्चालाई खोजदै हिडेका छन् । श्रीमान पनि हाल सम्म सम्पर्कबिहिन रहेको प्रहरीको भनाई छ ।

मृतक महिलाको मानसिक अवस्था ठिक नरहेको गाउँलेहरूले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);