रसुवा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

रसुवा बाढीपीडितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अपिल

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्न सरकारले अपिल गरेको छ।बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्र प्रभावित बनेका छन्। बाढीबाट ठूलो जनधनको क्षति भएको जनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतका कार्यलाई तीव्रता दिइएको छ। प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता रहेको सरकारले जनाएको छ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सबैमा अपिल गरेको छ।सरकारले विपद्बाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको भन्दै इच्छुक व्यक्ति, संस्था तथा निकायलाई सक्दो आर्थिक सहयोग गर्न अनुरोध गरेको छ।सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेका बैंक खातामार्फत रकम जम्मा गर्न सकिने जनाइएको छ।

नोट: सहयोग रकम जम्मा गर्नुअघि सम्बन्धित बैंक खाता तथा विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक स्रोतबाट पुष्टि गर्न आग्रह गरिन्छ।

 

May be an image of map and text that says 'PMONepal PMO Nepal 마사먹부 रે बेंकळो नान हिमालयन बक लिमिठेड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष बैक साता नम्बर 01905631210046 डलर साता) स्ट्ऱाण्ड चार्ट बैक नेपान लि. राष्ट्िय वाणिजय बंक पभरेस्ट बेंक लिमिठेड 01013243801 02013243801 1130100003762001 1130100000006006 नेपाल बेंक लिमिटेड 00100105200270 00101102200012 00211600510039000003 00200100510039000001 गनोबन आइधबई बैक লि. नबिल बेक कुषि विकास बक लि. 00401010000057 00411010000005 1710017505285 0100201002907014 राष्ट्िय वाणिजय कोष प्रधानमन्री राहत कोष 1430100000025006 1430100001164001'

Leave a Reply