पर्सामा पोखरीमा डुबेर एक युवतीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्सामा पोखरीमा डुबेर एक युवतीको मृत्यु

नितेश कर्ण,
पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ४ स्थित पोखरीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नं १ बस्ने राजेश बैठाकी १२ वर्षीय छाेरी अन्तिमा कुमारीको शव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताए ।

थापाका अनुसार कुमारी वडा नं ४ मा पर्ने भातौंटा जङ्गलमा बुधबार बिहान ६ बजेतिर बाख्रा चराउन लागि घरबाट निस्किएकी थिइन । घरबाट निस्किएर नगेन्द्र चौधरीको पोखरी नजिक पुगेकी कुमारीको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक कुमारीको शव पोष्टमार्टमका लागि पर्साको बीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले प्र. नि.थापाले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);