प्लास्टिकको पोखरीमा डुबेर ३ बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्लास्टिकको पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

झापा, २८ मंसिर । तेह्रथुममा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । छथर गाउँपालिका–६ सुदापमा पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।

सुदापको च्यात्लुङमा प्रगती कृषि समुहले सिंचाईको लागी निर्माण गरेको प्लास्टिकको पोखरीमा पौडी खेल्न गएका स्थानीय ईन्द्र बहादुर लिम्बुका दुई छोरीहरु ७ बर्षीया रन्जना लिम्बु र ५ बर्षीया रोजनी लिम्बु तथा देवेन्द्र लिम्बुको ८ बर्षीया छोरी सुहाना लिम्बुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

शनिवार साँझ साँढे ६ बजे उक्त पोखरीमा बालिकाकाहरु डुबेर मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको तथा शव परिक्षणको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);