नुवाकोटमा राजाबादीहरुको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नुवाकोटमा राजाबादीहरुको प्रदर्शन

नुवाकोट, २८ मंसिर । नुवाकोटमा राजाबादीहरुले मोटरसाइकल र्‍याली निकालेका छन् । उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै विदुरदेखि बट्टारबजारसम्म प्रर्दशन गरेका हुन् ।

राप्रपा एवंम संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा गरिएको शक्ति प्रर्दशनका क्रममा नेकपा र नेपाली कांग्रेसमा आस्था राख्ने युवाहरुको सहभागिता थियो । प्रदर्शनका क्रममा सहभागिहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।

राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा प्रहरी परिचालन गरेको थियो । र्‍याली नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गदै रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको राजसंस्थाले संकट परेको बेलामा नेपाल र नेपालीको रक्षा गरेको बताउनु भयो । उहाँले नेपालमा राजतन्त्र अन्त्य हुनुमा नेपालका नेताहरुलाई प्रभावमा पारेर डलरको खेती गरेको बताउनु भयो ।

कोणसभालाई सम्बोधन गर्र्दैे वरिष्ट अधिवत्ता डा. वालकृष्ण न्यौपानेले नेपाली जनताले पार्टीमा विश्वास गर्न छाडेको भन्दै जनता सडकमा उत्रनुपर्नुे बताउनुभयो । उहाँले नेपालमा रहेका कम्युनिष्टहरु कमाउनी भएको भन्दै जनताले तिरेको करको सदुपयोग हुन नसकेको आरोप लगाउनुभयो ।

प्रर्दशनकारीले राजन्तत्रको विकल्प नभएको प्लेकार्ड बोकेका थिए । राजबादीको आन्दोलनमा नेकपा र नेपाली काँग्रेसका युवा समेत सहभागि हुनुले अहिलेको व्यवस्थामा संकट आउन सक्ने स्थानीय अगुवाहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);