पूर्वराजा किन गए देउती बज्यै मन्दिरमा ? | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पूर्वराजा किन गए देउती बज्यै मन्दिरमा ?

gyandra saha

बीरेन्द्रनगर,४ माघ । पुर्वराजा ज्ञानेन्द्र शाहले सुर्खेतको देउती बज्यै मन्दिरमा पुजाअर्चना गर्नु भएको छ । पूर्वराजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रशिद्ध मन्दिर देउती बज्यै मन्दिरमा झण्डे २० मिनेट पुजाअर्चना गर्नु भएको हो ।नेपालगंजबाट सुर्खेत आउनु भएका शाहले सुरुमै देउती बज्यै मन्दिरमा पुजाअर्चना गर्नु भएको थियो । पूर्वराजा शाह देउती बज्यै मन्दिर जाने मूल गेट पिपिराचोकबाट हिडेर मन्दिर पुग्नु भएको थियो ।

मन्दिर जाने सडकको दायाँबाया रहेका सर्वसाधारण नागरिकले फुलमाला दिएर पूर्वराजालाई स्वागत गरेको थिए । उहाँ सर्वसाधारणको फुलमाला ग्रहण गदै पिपिराचोकबाटै मन्दिर जानु भएको थियो ।

फुलमाला ग्रहण गर्दा पुर्वराज शाहले सवैलाई धन्यवाद दिनु भएको वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीले जानकारी दिनुभयो । तर कसैसँग पनि सम्वाद नगरेको बताएको छ । लाइनमा बसेका सर्वसाधारणले राजा आउ देश बचाउ जस्ता नारा लगाएका थिए । स्वागतको लागि लाइनमा बसेका कतिपय सर्वसाधारणले आफुहरुले पूर्वराजासँग गुनासाहरु राख्न नपाएको बताएका छन ।

सुर्खेतमा पुर्व राजा शाहको स्वागतका लागि प्रध्यापक बलभद्र भारतीको संयोजकत्वमा ६ सय ५१ सदसिय स्वागत समिति पनि गठन गरिएको छ ।नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);