पूर्वराजा शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाममा पूजा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पूर्वराजा शाहद्वारा बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

बुटवल, २१ पुस ||
सत्यनारायण मानन्धर ||
दुई हप्तादेखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार बुटवल उपमहानगरपालिका ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गर्नु भएको छ । पुस १ गतेबाट सुरु भएको शिव शक्ति–११ अतिरुद्री महायज्ञमा पूर्व राजाले पूजा गर्नु भएको हो । सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए । सोहि अवसरमा निलकण्ठ बाबाधामकि प्रमुख संरक्षक माता देवमाया भट्टराईले पुजाको प्रभावका कारण ०८१ साल भदौ २७ गतेसम्ममा नेपाल वैदिक सनातन हिन्दु राष्ट्र हुने ठोकवा समेत गर्नभयो । पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजाले यसअघि नवलपरासी बर्दघाटमा रहेको मन्दिरमा पनि पूजा गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);