सार्वजनिक खरिद ऐनलाई छिट्टै विकासमैत्री ऐनको रुपमा परिमार्जन गर्छौंः मन्त्री ज्वाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सार्वजनिक खरिद ऐनलाई छिट्टै विकासमैत्री ऐनको रुपमा परिमार्जन गर्छौंः मन्त्री ज्वाला

काठमाडौं, २१ पुस ||
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताउनुभएको छ । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुनेगरी परिमार्जन गर्नका लागि मन्त्रीपरिषद्मा पेश गरिएको पनि जानकारी दिनुभयो । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिवार सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा रुपमा सरकारले पेश गर्ने समेत बताउनु भयो । विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाई थियो । मन्त्री ज्वालाले यातायात व्यवसायीहरुको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक सम्बन्धि कानून र सवारी तथा यातायात सम्बन्धि कानूनलाई नयाँ रुपमा अगाडि बढाउनु पर्छ भनेर आफू प्रयासरत रहेको समेत बताउनु भयो । मन्त्री ज्वालाले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि कानूनी रुपमै धेरै विषयहरु सम्बोधन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);