सामाजिक दुरी कार्यक्रम गरि व्यवसाय संचालन गर्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सामाजिक दुरी कार्यक्रम गरि व्यवसाय संचालन गर्न आग्रह

नुवाकोट । नुवाकोटमा दैनिक रुपमा कोरोना संक्रमित बढेपछि जिल्लामा जनचेतनामुलक कार्यक्रम गर्न थालिएको छ । यसैक्रममा नुवाकोट उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको बजार क्षेत्रहरुमा तपाईको माक्स खै ? कार्यक्रम सुरू गरेका छन् । मंगलबार जिल्लाको बट्टार विदुरमा नुवाकोट उद्योग वाणिज्य संघले मास्क मेरो लागि,परिवारको लागि र समाजको लागि भन्दै जनचेता कार्यक्रमको आयोजना गरेका हुन् ।

नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रम जनचेतना अभिप्रेरित गर्ने उदेश्यले आयोजना गरिएको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले जानकारी दिए । उनले सामाजिक दुरी कायम गरि व्यवसाय संचालन गर्न आग्रह गर्दे जनचेतना कार्यक्रम आयोजना गरेको बताए । बट्टार संगमचोकबाट शुरु भएको जनचेतनामुलक कार्यक्रम बट्टार चोक पुगेर सकिएको थियो ।

अभियानको क्रममा सडकमा हिँड्ने बटुवादेखि वसका चालकहरुलाई समेत माक्स वितरण गरि यसको प्रयोगबारे जानकारी गराइएको थियो । नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय २५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);