नुवाकोट महोत्सवको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नुवाकोट महोत्सवको तयारी पुरा

नुवाकोट, १४ फागुन । नुवाकोट महोत्सवको तयारी पुरा भएको छ । ‘सम्मृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको तयारी पुरा उद्योग वाणिज्य संघ नुवाकोटले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले फागुन १६ गते  महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम छ । ११ दिनसम्म चल्ने महोत्सवमा २ सय ७५ स्टल रहने छ । कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्री महोत्सवमा राखिने नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);