काठमाडौंको टुंडिखेलमा माघी महोत्सवको तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौंको टुंडिखेलमा माघी महोत्सवको तयारी पुरा

काठमाडौं,२९ पुष । पुष ३० र माघ १ गते काठमाडौंको टुंडिखेलमा मनाइने थारु माघी महोत्सवको तयारी पुरा भएको छ । थारु माघी महोत्सव मुल आयोजक समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो । राजधानीमा २०५९ सालदेखि निरन्तर माघी पर्वलाई महोत्सवको रुपमा मनाईदै आएको छ । माघी पर्व आदिबासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ बर्ष पनि हो ।

माघीमा ढिक्री, खिचरी, तिलको लड्डु, भुजाको लड्डु, खँरिया, अण्डीभात, सखरखण्ड तरुल, माछा, गंगटा, घोङगही, मासुको परिकार खानेसमेत चलन रहेको छ । माघ १ गते झाँकी ¥याली प्रदर्शन गर्दै रत्नपार्क–सहिद गेट काठमाडौं हुँदै टुंडिखेलमा आयोजना गरिने मूल समारोहमा सरिक हुनेछ ।

महोत्सवमा थारु परिकारहरुको स्टल, भेषभुषा, कलासंस्कृति झल्किने विभिन्न सामाग्रीको स्टल, पुस्तक प्रदर्शनीलगायत १ सय ५० स्टल रहनेछन । प्रधानमन्त्रीले उद्घाटन गर्ने महोत्सवमा थारु समुदायको कलासंस्कृति झल्किने नाचगान महोत्सवको आकर्षण रहने आयोजकले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);