काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि मनाए माघी पर्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि मनाए माघी पर्व

काठमाडौं, १ माघ । काठमाडौंमा बस्दै आएका थारु समुदायले पनि आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका छन् । माघे संक्रान्तिको दिन मंगलबार काठमाडौंको चुच्चेपाटीमा ‘माघी महोत्सव’को आयोजना गरी थारु समुदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन् । यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रदर्शन पनि गरेका छन् ।

माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ । आफ्न्तहरुबीच शुभकामना आदानप्रदान तथा मिष्ठान्न भोजन खुवाएर यो पर्व काठमाडौंमा पनि भव्यताका साथ मनाइएको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौंधरीले जानकारी दिए ।

महोत्सवमा थारु जातिका विभिन्न खानाको परिकार राखिएको १ सय १० वटा स्टल राखिएको छ । मिष्ठान्न भोजन र नाचगानसहितको रमाइलो गरेर काठमाडौंमा पनि माघी पर्व मनाइएको प्रियंका चौधरीले जानकारी दिए । महोत्सवमा भेला भएका थारु समुदायले एक अर्काबीच शुभकामना पनि आदानप्रदान गरेका छन् । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

थारु समुयदायले यो पर्वमा विशेषत प्रकृतिलाई पूजा गर्ने गर्दछन् । प्रकृतिले हुर्काएको भन्दै उनीहरुले सो पर्वमा खोला, तलाउमा नुहाएर प्रकृतिको पूजा गर्ने गर्छन् । यस वर्ष काठमाडौंमा आयोजना गरिएको माघी महोत्सवको संयोजन थारु कल्याणकारी सभा केन्द्रिय कार्य समितिले गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);