कार्यालय समयमा कर्मचारी नआउँदा सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कार्यालय समयमा कर्मचारी नआउँदा सेवाग्राही मर्कामा

kurchi khali

प्रनिश थापा

चितवन, १ माघ । चितवनको कालिका नगरपालिकामा कार्यालय समयमा कर्मचारी भेटिदैन् । कार्यालयमा कर्मचारी समयमा नआउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । माउन्टेन टेलिभीजनका पत्रकार मंगलबार बिहान १० बजे कालिका नगरपालिकामा जाँदा नगरपालिकाका अधिकांश शाखा कर्मचारी बीहिन थिए ।

मंगलबार बिहान १० बजे कालिका नगरपालिकामा हाम्रो टोली पुग्दा अधिकांश कार्यकक्षहरु रितै थिए । कार्यालय समयमा कर्मचारीहरु अनुपस्थित हुने गरेको, सेवाग्राहीलाई दिने सेवामा गम्भीर लापरबाही तथा ढिलासुस्ती गर्ने गरेको भन्ने सूचनाको आधारमा माउण्टेन टेलिभिजनको टिम नगरपालिकामा पुग्दा कार्यालय सुनसान थियो ।

नगर प्रमुखले नै लापरबाही गरेपछी अन्य कर्मचारीले टेर्ने कुरै भएन । नगर प्रमुख खुमनारायण श्रेष्ठसहित उपप्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, इन्जिनियर भरतप्रसाद अधिकारी सहित आधा दर्जनभन्दा बढी कर्मचारी कार्यालय समयमा अनुपस्थित थिए ।

सरकारी कर्मचारीहरुमा त यो शैली प्रवृतिकै रुपमा स्थापित भएको छ । तर जनताको सेवा गर्छु भनेर जनताको मत र मन जितेर आएका जनप्रतिनिधीहरुको ताल पनि उस्तै छ । ११ बजिसक्दा पनि कार्यालयको लेखा शाखा बन्द हुनेगरेको छ । वन, वातावरण फोहोर मैला तथा प्रकोप व्यवस्थापन शाखामा त ताला झुन्डिएको थियो ।

कार्यालयमा पुग्दा कुनैपनि शाखामा सम्बन्धित फाँटवाला कर्मचारी नै नभएपछि सेवाग्राहीहरु फोन गरेर बोलाइरहेका भेटिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);