कार्यालयमा कर्मचारी ढिलो पुग्दा सेवाग्राही मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कार्यालयमा कर्मचारी ढिलो पुग्दा सेवाग्राही मर्कामा

karmachari

ऋषिता देव
बिराटनगर, २ भदौ । कर्मचारीहरु समयमा कार्यालय नआउनु र समयभन्दा अगाडी नै कार्यालयबाट जानु कुनै नयाँ कुरा होइन । नेपालका अधिकांश सरकारी कार्यालयहरुमा कर्मचारीहरुले काम ठग्ने, ढिला सुस्ती गर्ने सर्वसाधारणहरुको गुनासो हुने गर्दछ ।

कार्यालयले तोकेको समयमा कार्यालय नपुग्ने हाजिरी गरेर आफ्नो व्यक्तिगत कामको लागि हिंड्ने, कोही कार्यालय समयमा आफ्नो च्याम्बर मै सुत्ने जस्ता घटनाहरु धेरै देखिने गर्दछ ।

सुनसरीका कार्यालयहरुमा पनि यस्तै देखिएको छ । अरु कर्मचारीहरुलाई सोध्दा कहिले कार्यालयको कामले बाहिर जानु भएको छ भन्ने त कहिले उक्त कर्मचारी खाजा खान गएको छ भन्ने गर्दछन् ।

सबैभन्दा बढी सुनिएको बहाना चाँही ‘भर्खरै निस्कनु भयो, ५ मिनट पनि भएको छैन ’ भन्ने हो । तर घण्टौं कार्यालयमा कुर्दा पनि कर्मचारीको अत्तोपत्तो हुँदैन । बर्जु गाउँपालिका, सुनसरीमा कर्मचारीहरुको च्याम्बर धेरैजसो खाली नै देखिन्छ । त्यहाँका प्रशासन प्रमुखलाई सोध्दा बाटोको स्थिति राम्रो नभएकोले कर्मचारीहरु समयमा कार्यालय नपुगेको बताउनु हुन्छ ।

देवानगंज गाउँपालिका, सुनसरीका प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपाने कार्यालय समयमा कार्यालयमा उपस्थित छैनन् । त्यसैगरी कोशी गाउँपालिकाको कार्यालयमा जाँदा कर्मचारी कार्यालय समय मै कुर्सीमा सुतिरहेको देखिएको छ ।

देवानगंज गाँउपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले पनि कर्मचारीहरुको बचाउमा नै बोल्नु भएको छ । उहाँले कमचारीहरु टाढाबाट आउनु पर्ने भएकाले केही ढिलो हुने तर कर्मचारीहरु कार्यालय पुगेपछि खटिएरै काम गर्ने टिप्पणी गर्नुभयो ।

यति मात्र नभई कर्मचारीहरु कार्यालयबाट निस्कँदा पंखा, एसी, बत्ती पनि बन्द नगरी हिंड्छन् । धुम्रपान र सुर्तीजन्य पदार्थ निषेधित कार्यालयमा कर्मचारीहरु गुट्खा खाएर काम गरि रहेको समेत भेटिन्छन् । सरकारी कार्यालयहरुमा भइरहेको यस्तो लापर्वाहीमा अहिलेसम्म पनि कोही सरोकारवाला निकायको ध्यानाकर्षण भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);