रसुवाको टिमुरेमा रहेको बेलिब्रिज बाढीले बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

रसुवाको टिमुरेमा रहेको बेलिब्रिज बाढीले बगायो

रसुवा, २ भदौ । भोटेकोसी नदीमा आइतबार राति आएको बाढीले रसुवा जिल्लाको टिमुरेमा रहेको बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो ।

बाढीले भन्सार -याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो।बाढीले रसुवागढी जलविद्युत आयोजनाको २ वटा पेनस्टक पाइप, कफर ड्याम र टिमुरेको फोहर व्यवस्थापन गर्न आयोजनाले निर्माण गरेको फोहर जलाउने भवन समेत बगाएको जनाइएको छ ।

बाढीले आयोजनामा लाखौंको क्षति पुगेको छ। पुल बगाएपछि रसुवागढी जलविद्युत् आयोजना र टिमुरेतर्फ आवतजावत विच्छेद भएको प्रहरीले जनाएको छ । भोटेकोसी किनारामा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थान तर्फ सर्न आग्रह गरिसकेको प्रशासनले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);