कर्णाली प्रदेश सभाको चौथो अधिबेशनमा राष्ट्रिय सभाका अध्यक्षको सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कर्णाली प्रदेश सभाको चौथो अधिबेशनमा राष्ट्रिय सभाका अध्यक्षको सम्बोधन

सुर्खेत, २ भदौ । कर्णाली प्रदेश सभाको चौथो अधिबेशनको २३ औं बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले सोमबार सम्बोधन गर्नु भएको छ ।

सोमबार प्रदेश सभालाई सम्वोधन गर्दै तिमिल्सेनाले प्रदेश सभाले लिएका प्रत्येक निर्णयहरु आफुले माथिबाट नियालेको बताउनु भयो ।

सांस्कृतिक सम्पदा र ऐतिहासिक बिकास बोकेको कर्णाली प्रदेशलाई संघिय सरकारले अरु भन्दा फरक हिसावले हेरेको उहाँको भनाई छ । उहाँले संघिय सरकारले सिंह दरबारको अधिकार गउँ गाउँमा पु¥याएको र खुशी नेपाली र समृद्ध नेपालको अभियानमा कर्णाली प्रदेश सरकारले अग्रणी भुमिका खेलेको बताउनु भयो ।

कर्णालीको च्याउ, स्याउ र झ्याउले कर्णाली मात्र होइन देशलाई समृद्ध बनाउनको लागि कर्णाली प्रदेश सरकारले ठूलो भुमिका खेलेको उहाँले बताउनु भयो । उहाँले कर्णालीका सबै जिल्ला पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सबै लागी पर्नु पर्नेमा जोड दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);