१ लाख पर्यटक भित्राउने कर्णाली प्रदेशको योजना | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

१ लाख पर्यटक भित्राउने कर्णाली प्रदेशको योजना

karnali paryatan barsha

विवश कुमार सेजुवाल
सुर्खेत, २२ भदौ । पर्यटन वर्ष २०२० को लागि संघयी सरकारले कर्णालीमा जम्मा १३ वटा पर्यटकीय स्थानहरु छनोट गरेको छ भने यता कर्णाली प्रदेश सरकारले पनि प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थानहरुलाई छनोटमा लिएको छ । कर्णाली प्रदेशका सबै जिल्लामा जम्मा ८० वटा पर्यटकीय स्थान छनोट गरेको प्रदेश सरकारले नेपाल भ्रमण बर्ष २०२० मा १ लाख बाह्य पर्यटक भित्र्याउने योजना गरेको छ ।

संघीय सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ बर्ष २०२० लाई पर्यटन बर्ष घोषणा गरेको छ । पर्यटन बर्षलाई सफल गर्न संघीय सरकार लगायत प्रदेश सरकारहरुले पनि विभिन्न पहल तथा कार्यक्रहरु गर्दै आएको छ । सघिंय सरकारले सातै प्रदेशका विभिन्न स्थानहरुलाई पर्यटकीय स्थानका रुपमा छनोट गरी त्यसको प्रचारप्रसारका पहलहरु गरिरहेको छ ।

यसैक्रममा सघिंय सरकारले कर्णाली प्रदेशमा कालीकोट, पचालझरना जुम्ला, डुडुला चैत्य, डोल्पा शेफोक्सुण्डो, त्रिपुरा सुन्दरी लगायतका १३ स्थान पर्यटकीय स्थानका रुपमा छनोट गरेको छ । त्यसैगरी संघिय सरकार र प्रदेश सरकारले छनोट गरेका क्षेत्रगत रुपमा छनोट भएका पर्यटकीय स्थानहरु पनि सार्बजनिक गरेको छ ।

जस अन्तर्गत कर्णाली भेरी जल यात्रा, दैलेख सुर्खेत गुँरास क्षेत्र, प्रदेश भरी हिमाल आरोहण, प्रदेश भरी ग्रेट हिमालयन ट्रेल, हुम्ला मानसरोवर रुट आदि रहेका छन् । कर्णाली प्रदेशमा अन्य मुलूकहरुमा झैँ मानव निर्मित पर्यटकिय स्थानहरु नबनाई प्रकृतिको सुन्दर देनहरुलाई नै पर्यटकीय स्थानका रुपमा विकास गर्ने योजना भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

paryatan barsha karnali

कर्णाली प्रदेश सरकारले भने ८० ओटा पर्यटकीय स्थानहरु छनोट गरी कम्तीमा १ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । प्रदेश सरकारले भौतिक पुर्वाधार विकासलाई प्राथमिकतामा राखी बजेट छुट्याएको पर्यटन मन्त्री नन्नसिंह बुढाले बताउनु भयो ।

कर्णाली प्रदेशले लिएको १ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न सकिए त्यसले समग्रमा सघिंय सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य परिपुर्तिमा पनि योगदान पुर्‍याउने छ । भौगोलिक रुपमा विकट भएको कर्णाली प्रदेशमा पर्यटनको विकास गर्न सकिए त्यसले प्रदेशको विकासमा अवश्य पनि टेवा पुर्‍याउँछ ।

karnali pradesh-paryatan barsha

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);