पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको राराले आधा भित्र्याउन पनि सकस | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य लिएको राराले आधा भित्र्याउन पनि सकस

Rara_lake-heaven-on-earth

विवश कुमार सेजुवाल
सुर्खेत, ६ बैशाख । कर्णाली प्रदेश सरकारले गएको वर्ष बैशाख १ गते कर्णालीमा पाँच लाख पर्यटन भित्र्याउने लक्ष्य सहित रारा पर्यटन वर्षको घोषणा गरेको थियो । तर, सरकारी तथ्याङ्क अनुसार कर्णाली प्रदेशले आधा पनि पर्यटक भित्र्याउन सकेको छैन ।

कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा पर्यटन वर्ष घोषणा गरी पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । तर अहिले एक वर्ष पुग्दा पनि लक्ष्यको पचास प्रतिशत पर्यटकले पनि कर्णाली भ्रमण गरेनन् । सो वर्षमा कर्णालीमा आन्तरिक दुई लाख २ हजार ६ सय ८८ जना र बाह्य छ सय ३३ जना गरी जम्मा दुई लाख तीन हजार तीन सय २१ जना मात्र भित्रिएका छन् । घोषित पर्यटन वर्षको लक्ष्य छुने गरी पर्यटकहरु नभित्रिएको भएपनि गएको वर्षहरुको तुलनामा भने दुई तीन गुणा बढी पर्यटक आएको कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । कर्मचारी व्यवस्थापन तथा ऐतिहासिक सम्पदाहरुको पर्याप्त प्रचारप्रसारको अभावमा लक्ष्य पुरा नभएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए ।

स्वर्गको एक टुक्रा भनेर चिनिने मुगुको रारा तालमा आन्तरिक पाँच हजार तीन सय १४ र बाह्य दुई सय १६ जना र सुर्खेतको काँक्रे विहारमा ३६ हजार आठ सय ८५ जना आन्तरिक पर्यटकहरु भित्रिएका छन् । त्यसैगरी सुर्खेतका अन्य पर्यटकीय स्थानहरु लगायत डोल्पाको शे–फोक्सुण्डो तालमा पनि बाह्य पर्यटकहरुको तुलनामा आन्तरिक पर्यटकहरुको सख्ंया नै बढी देखिएको छ । पर्यटकहरुको आकर्षण बढाउन पर्यटकीय गन्तव्य स्थानहरुको पहिचान तथा अध्ययन गरी त्यसको प्रोफाइल बनाउने योजना रहेको पर्यटन मन्त्रालयका सुचना अधिकारी शेरबहादुर रोकायाले बताएका छन् ।

कर्णाली प्रदेश रारा तालसहित बुलबुले ताल, शे–फोक्सण्डो ताल लगायत विभिन्न प्राकृतिक तथा ऐतिहासिक सम्पदाले भरिपुर्ण छ । त्यहाँका पर्यटकीय गन्तव्यहरुको पहिचान गरी उचित व्यवस्थापन र पर्याप्त प्रचारप्रसार गर्न सकिएको खण्डमा यसले कर्णाली प्रदेशको मात्र होइन देश कै आर्थिक समृद्धिमा टेवा पु¥याउन सक्दछ । त्यसैले कर्णाली प्रदेशको पर्यटन विकास तथा प्रबद्र्धनका लागि प्रदेश सरकारले मात्र नभई केन्द्र सरकारले पनि आवश्यक भुमिका निर्वाह गर्नु पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);