पर्यटक वर्षमै न्यून पर्यटक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पर्यटक वर्षमै न्यून पर्यटक

rara ma oli

सुर्खेत,  १ बैशाख ।  कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ शुभारम्भको एक वर्ष पूरा भयो। पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्यसहित मुगुको रारातालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममै ८७ लाख रुपैयाँ खर्चिएर शुभारम्भ भएको पर्यटन वर्षमा कति जना आन्तरिक तथा बाह्य पर्यटक कर्णालीमा भित्रिए त ?

‘लक्ष्यअनुसार हामीले कर्णालीमा पर्यटन भिœयाउन सकेनौं,’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले भने, ‘जुन उद्देश्य र महŒवका साथ पर्यटन वर्ष घोषणा गरिएको थियो, त्यो अनुसार काम हुन सकेन।’

मुख्यमन्त्री संयोजक रहेको पर्यटन वर्ष कार्यक्रमले कर्णालीमा आउने पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकमध्ये आधालाई रारातालसम्म पु¥याउने लक्ष्य लिएको थियो। एक वर्षको अवधिमा कति जना रारातालसम्म पुगे त ? ‘पाँच हजार पाँच सय ३० जना’ सूचना अधिकारी रोकायले भने, ‘ति मध्ये दुई सय १६ जना विदेशी नागरिक हुन्।’

पूर्वाधार अभाव र पर्याप्त आन्तरिक तयारीबिना प्रदेश सरकारले हतारमा पर्यटन वर्ष घोषणा गर्दा लक्ष्यअनुसार कर्णालीमा पर्यटन भिœयाउन नसकिएको हो। ‘प्रदेश सरकारले नेपालकै ठूलो राराताललाई केन्द्रमा राखेर पर्यटन वर्षको घोषणा ग¥यो, त्यहाँसम्म पुग्ने पूर्वाधार भने बनाउन सकेन्,’ जिल्ला समन्वय समिति मुगुका प्रमुख पूर्णबहादुर रोकायले भने, ‘पर्यटक वर्षको कार्यक्रमले पर्यटक भिœयाउनका लागि पूर्वाधार महŒवपूर्ण हुँदो रहेछ भन्ने सिकाएको छ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);