इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु

dinesh_bhandari

काठमाडौं, ६ बैशाख । खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्सपेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट तानिएका इन्सपेक्छर दिनेश भण्डारीलाई महानगरी प्रहरी कार्यालय रानीपोखरीले कारबही प्रक्रिया अघि बढाएको हो ।

भण्डारीले २ महिलाको साढे २३ लाख रुपैयाँ ठगी गरेको छानबिनमा खुलेको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै भण्डारीले मोरङकी कमला खरेल भण्डारी र उनकी बहिनी पद्मा खरेलसँग पैसा लिएको प्रहरीको भनाई छ ।

पछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसपी श्याम ज्ञवालीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । उनलाई तत्कालै महाराजगञ्ज वृत्तबाट सरुवा गरिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);