दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

raper

काठमाडौं, २३ माघ । दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनालाई मिलापत्र गराई गुपचुप राख्न मुख्य भूमिका निर्वाह गरेका प्रहरी निरीक्षक लक्ष्मण ठकुरीको निलम्बन सिफारिस गृह मन्त्रालयले सदर गरेको छ । मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई भने यसअघि नै निलम्बन गरिसकिएको छ ।

घटना सार्वजनिक भएलगत्तै प्रहरी परिसर काठमाडौंले निलम्बनका लागि महानगरीय प्रहरी प्रभागलाई सिफारिस गरेको थियो । प्रभागले निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो ।१८ माघमा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।तर पत्र पुगेको पाँच दिन बितिसक्दा पनि गृहले निलम्बनको सिफारिस कार्यान्वयन नगरेपछि प्रहरी प्रधान कार्यालयले यसबारे बुझबुझारथ थालेको थियो ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);