जहाँ भेटिँदैनन् अविवाहित युवायुवती... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती…

bihe marry nepali

काठमाडौं, २३ माघ । मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गूरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् ।उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् ।गुरुङको छिमेकमा विहे भोज थियो । भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए ।गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिईन् ।सैलुङकै ८० बर्षीया उज्याली गुरुङ १० बर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् ।
उनका ४ छोरा र २ छोरी छन् ।छोरीमध्ये जेठी मनमायाको १४ बर्षको उमेरमा र कान्छी पुर्णमायाको १६ बर्षको उमेरमा विहे भएको थियो ।उनी भन्छिन्, उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भहईहाल्छ, नहुनेमध्ये केही रोजगराको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ बर्षमाथिका युवायुवती देखिँदैनन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);