किन बढ्दै छ सम्बन्ध विच्छेद ? यस्ता छन् मुख्य ७ कारण | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

किन बढ्दै छ सम्बन्ध विच्छेद ? यस्ता छन् मुख्य ७ कारण

divorce

काठमाडौं, २६ फागुन । झापाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो । पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो । माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी रुपमै सम्बन्ध विच्छद (डिभोर्स) भइसकेको छ ।

दाङकी २० बर्षकी रवीना बस्नेत(नाम परिवर्तन)को पनि यस्तै अवस्था छ, काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्, दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनौ सम्बन्ध विच्छेद गर्नुपर्यो ।

दाचुृलाकी १७ बर्षकी मिना ठगुन्ना ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन् । कसैले नमान्दा भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो । बर्ष दिन नपुग्दै विदेशीएका श्रीमानले विस्तारे बेवास्ता गरे । पछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो ।

काठमाडौंमा बस्दै आएका पाल्पाका सविनको पनि त्यस्तै छ गुनासो । २७ बर्षका सविनले ४ बर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे । बिहे दर्ता पनि भयो । तर, सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन् ।

यी प्रसंगहरु प्रतिनिधिमूलक हुन्, आज समाजमा यसरी नै दिनहुँ सम्बन्धविच्छेद बढ्दै गएको पाइएको छ ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको भएको अदालत स्रोत बताउँछ ।

काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्छन्,

सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेका छन् ।

अधिकांश १९ देखि २५ बर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन् ।

यो क्रम बढ्दो छ ।

सम्बन्ध विच्छेदका मुख्य ७ कारणहरुः
कुटपिट गर्नु
खान लाउन नदिनु
कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी
वैदेशिक रोजगार गएका श्रीमान वा श्रीमतीबीच बढ्दो अनमेल
महिलाहरु डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु
सम्पत्ति प्राप्तीमा लोभ
बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरु पनि छन्

अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार विवाहलाई सामान्य सम्बन्धको रुपमा लिइँदा सँबन्ध विच्छेद बढेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);