चन्द्रे कामी र सुन्तली मल्लको प्रेम : जातीय विभेदले निमोठेको मुना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चन्द्रे कामी र सुन्तली मल्लको प्रेम : जातीय विभेदले निमोठेको मुना

मुगु । जातीय विभेदले थिचिएको कर्णाली । तालको पानी जस्तै तैरिरहेको विभेद । जातीय विषयले अझै पनि तर्सिन्छ कर्णाली । प्रायस् कर्णालीमा दलितभन्दा उपल्लो जातका मानिसको बाहुल्यता छ ।

पछिल्लो समय कर्णालीका दलितले विभेद भोगिरहेका छन् । यस्तै पीडा कर्णालीका दुई दलित युवाले भोगेका छन् । जाजरकोटका नवराज विक र हुम्लाका चन्द्रे कामी । जाजरकोटका नवराज विकको लखेटी लखेटी हत्या भयो । नवराजको घाउ सेलाउन नपाउँदै हुम्लाको सर्केगाड गाउँपालिका(१ का चन्द्रे कामी जातीय विभेदको सिकार भएका छन् ।

चन्द्रेको मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग प्रेम बस्यो । दुवैले भागी बिहे गरे । तर, सुन्तलीका आफन्तले उनीहरूबीचको प्रेम सम्बन्ध तोडेका छन् । चन्द्रे र सुन्तली तीन वर्षदेखि प्रेमको डोरीमा बाँधिएका थिए ।

तर, तीन वर्षमै दुईबीचको प्रेमको मुना निमोठिएको छ । अर्थात् चन्द्रेबाट सुन्तलीलाई उनका आफन्तले अलग गरेका छन् । अन्तरजातीय विवाह कानुनी रूपमै ठूलो सजायको विषय थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);