झापाका पर्यटकीय क्षेत्रको विकासमा सरकारी पहल शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापाका पर्यटकीय क्षेत्रको विकासमा सरकारी पहल शुन्य

jhapa paryatak

झापा, ११ मंसिर । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले घोषणा गरेको पर्यटन वर्ष २ हजार २० आउन अब झण्डै एक महिना मात्र बाँकी छ । स्थलमार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रिने झापाको काँकरभिट्टामा भने आवश्यक तयारीको अभाव देखिन्छ । झापाका पर्यटन सम्बन्धित कार्यालयहरु आफ्नो जिम्मेवारी र सहकार्यका विषयमा नै अलमलमा परेको देखिएको छ ।

सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० का लागि सकभर धेरै पर्यटक भित्र्याउने कोशिसमा स्थानीय तह, प्रदेश सरकारदेखि केन्द्रका विभिन्न सरकारी निकायहरु र पर्यटन व्यवसायीहरु पनि लागि परेका छन् । तर, सरकारी तवरबाट भने झापाका पर्यटकीय क्षेत्रको विकासमा कुनै पहल भइरहेको देखिँदैन ।

नेपाल सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रदेश स्तरीय कार्यालय झापाको काँकरभिट्टामा छ । तर, काम कर्तव्य र अधिकारको टुङ्गो लाग्न नसक्दा पर्यटन कार्यालयका कर्मचारी नै आफूले के गर्ने हो भन्ने विषयमा अनविज्ञ छन् ।

पर्यटन कार्यालयसंगै रहेको नेपाल पर्यटन बोर्ड कहाँ छ, विदेशीको त कुरै छाडौं नेपालीलाई समेत ठम्याउन हम्मे हम्मे पर्छ । सबैले देख्ने गरी कतै पनि पर्यटन वोर्डको साइन वोर्ड राखिएको छैन ।

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित सन २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि झापामा पर्यटनसंग सम्वन्धित कार्यालय र संघ सस्ंथाबीच समन्वय अभावले भित्रिएका पर्यटक पनि अल्मलिने गर्दछन् । स्थलमार्ग भएर नेपालमै सवैभन्दा धेरै पर्यटक पूर्वी नाका काँकरभिट्टाबाट नै भित्रिन्छन् ।

सन २०१९ को अक्टोवरसम्मको तथ्याङ्क हेर्दा काँकरभिट्टाबाट स्थलमार्ग भएर नेपाल भित्रने पर्यटकको संख्यामा वंगलादेशी नै बढी छन् । तर आएका पर्यटकहरु पनि ‘रुट परमिट’लिन बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालयसम्म पुग्नु पर्ने अव्यवहारिक व्यवस्था छ ।

प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा पर्यटन वर्ष २०२०लाई सफल बनाउन प्रदेश स्तरीय प्रदेश पर्यटन प्रर्वद्धन समन्वय समिति गठन भएको छ । तर, सो समितिले पर्यटन प्रर्वद्धनका लागि अहिलेसम्म कुनै ठोस् काम गरेको छैन । स्थानीय तहले पर्यटकीय क्षेत्रको पहिचान गर्दै पर्यटन प्रर्वद्धनमा चासो देखाएपनि विदेशी पर्यटक भित्र्याउने कुनै ठोस निती छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);