इलाममा सूर्योदय महत्सोवको तयारी सुरु, ५ लाख पर्यटक भित्र्याइने लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इलाममा सूर्योदय महत्सोवको तयारी सुरु, ५ लाख पर्यटक भित्र्याइने लक्ष्य

illam suryodaya mahatsov

इलाम, १४ कात्तिक । प्रदेश एक सरकारले पर्यटकीय नगरीको रुपमा घोषणा गरेको इलामको सूर्योदय नगरपालिकामा आगामी मंसिरमा महोत्सवको तयारी थालिएको छ । पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवमा ५ लाख पर्यटक भित्र्याइने लक्ष्य लिइएको छ ।

इलाम कै उत्कृष्ट पर्यटन गन्तब्य रहेको इलामको सूर्योदय नगरपालिकाका पर्यटकिय गन्तब्यहरुको प्रवद्र्धन गर्ने उदेश्यले आगामी मंसिरमा सूर्योदय महोत्सव हुने भएको छ । महोत्सव मंसिर १४ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव सञ्चालनका लागि नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय सूर्योदय नगर पर्यटन महोत्सव आयोजक मूल समिति गठन गरिएको छ । कृषि, पर्यटन, प्राकृतिक श्रोत सहित चियाखेतीलाई बिशेष जोड दिइने उद्घाटन समितिका अध्यक्ष धरणी घिमिरेले जानकारी दिनुभयो ।

सूर्योदय र सूर्यास्तको लागि देशकै उत्कृष्ट गन्तब्य मानिने श्रीअन्तु, हरियाली चियावारी रहेको कन्याम लगायतले देशकै पर्यटकहरुको मन तान्ने गरेको छ । महोत्सवका लागि सूर्याेदय नगर कार्यपालिकाबाट २५ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ । उक्त रकम बाहेक आवश्यक पर्ने रकम संघीय सरकार, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित अन्य निकायहरूमा मागसहितको प्रस्ताव पेश गर्ने नगरपालिकाले जानकारी दिएको छ । आयोजक समितिले महोत्सवमा मात्र पाँच लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

महोत्सवमा आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकको बढी आगमन हुने अपेक्षा राखिएको पनि आयोजक समितिले जनाएको छ । महोत्सवको माध्यमबाट सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउन प्रयास गरिने छ । धेरैवटा पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

कन्याममा चियाबारीको सौन्दर्य सँगसँगै चिसो मौसम र वरिपरिको हरियालीको दृश्यावलोकन गर्न तराई तथा अन्य जिल्लाका र भारतीय पर्यटकहरू आउँछन् । सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई लक्षित गरेर गर्न लागिएको महोत्सवले २० लाख पर्यटक भित्र्याउने लक्ष्यपुर्तिमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);