कन्याममा घोडा दौड र रिले प्रतियोगिता सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कन्याममा घोडा दौड र रिले प्रतियोगिता सम्पन्न

ghoda pratiyogita

इलाम, १५ मंसिर । सूर्योदय नगरपालिकाको चर्चित पर्यटकीयस्थल कन्याम चियाबगान क्षेत्रमा आइतबार घोडाको कला प्रदर्शनी सँगसँगै घोडाको दौड र रिले प्रतियोगिता सम्पन्न गरिएको छ ।

सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को अवसरमा दोस्रो दिन कन्याममा घोडचडी ब्यवसायमा संलग्न घोडाहरुबीच आइतबार प्रतियोगिता आयोजना गरिएको हो । घोडा दौड प्रतियोगितामा सहभागी ३० वटा घोडामध्ये फुर्वा तामाङको घोडा प्रथम र तेजु तामाङको घोडा द्वितीय भएका छन् ।

त्यस्तै घोडाको रिले प्रतियोगितामा सोमबहादुर तामाङसहित घोडा ब्यवसायीहरु प्रकाश, राजु र काजीका घोडा संलग्न टोली प्रथम भएको छ । सोही क्रममा घोडाहरुको विभिन्न कला पनि प्रदर्शन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);