अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता

म्याग्दी । अन्नपूर्ण आधार शिविरमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको प्रचार प्रसारका लागि आधार शिविरमा दौड प्रतियोगिता सहित बिभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।

अन्नपूर्ण गाउँपालिकाले आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको प्रवद्र्धन गर्ने उदेश्यले ‘उच्च उँचाई खेलकुद प्रतियोगिता’ आयोजना गरेको हो । नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडकको ट्याक निर्माण भएको छ । हुमखोलादेखि आधार शिविर सम्मको २२ किलोमिटर दुरीमा पदमार्ग, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार निर्माण भएपछि नर्थ अन्नपूर्ण आधार शिविर क्षेत्रमा गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि एकैदिनमा पुग्न सकिने भएको छ ।

समुद्री सतहदेखि ४ हजार १९० मिटरको उँचाईमा शनिवार गाउँपालिकाले मैत्रीपूर्ण दौड, छेलो फाल्ने र अन्धनिसान प्रतियोगिता सम्पन्न गरेको छ । अन्नपूर्ण हिमालकै फेदीमा आयोजित १ सय मिटर दौड प्रतियोगितामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पर्यटनकर्मी, लगायत गरि ३० जनाले सहभागीता जनाएका थिए ।

प्रतियोगितामा सन्दिप शर्मा रिजाल प्रथम, यामप्रसाद पुर्जा पुन द्धितिय र विष्णु प्रसाद रिमाल तृतिय हुन सफल भएका छन् । साथै, छेलो फाल्ने प्रतियोगितामा सबैभन्दा टाढा छेलो फालेर यामप्रसाद पुर्जा पुन बिजयी हुन सफल भए ।

पदमार्गको प्रचार प्रसारका लागि आधार शिविरमा खेलकुद प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र पदमार्गको प्रवद्र्धनका लागि आयोजित उक्त खेलकुद प्रतियोगितामा सहभागी हुन जनप्रतिनिधि, कर्मचारी, पर्यटनकर्मी र पत्रकारहरुको टोली पैदलयात्रा मार्फत आधार शिविर पुगेका थिए ।

हिमालको प्रथम आरोही हर्जोगको नामबाट नामाकरण गरिएको नारच्याङ हुँदै आधार शिविर पुग्ने पदमार्ग, आश्रयस्थल, पुल लगायतका पूर्वाधार निर्माण भैसकेकाले यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन गाउँपालिकाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);