सुदूरपश्चिममा नवनियुक्त मन्त्रीहरुले लिए सपथ | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

सुदूरपश्चिममा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा दोस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले शनिबार माओवादी केन्द्रबाट एक जना राज्यमन्त्रीसहित तीन जना र नेपाली कांग्रेसबाट एक जना गरी चार जनालाई मन्त्री नियुक्त गर्नुुभएको हो ।

माओवादी केन्द्रबाट झपटबहादुर साउँद सामाजिक विकास, रमेशबहादुर धामी उद्योग पर्यटन वन तथा वातावरण र गीतादेवी माल उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री नियुक्त हुनुभएको हो । कांग्रेसका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । यस्तै राज्यमन्त्री गीतादेवीलाई भने मुख्यमन्त्री शाहले शपथ ग्रहण गराउनुभयो ।

यसअघि भौतिक पूर्वाधार विकासमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिलामा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई नियुक्त गरिएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने अझै पुर्णता पाउन सकेको छैन् ।

योसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेको सुदूरपश्चिम सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन जना, माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित तीन जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);