स्याङ्जामा माघ २६ गतेबाट ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुदैँ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

स्याङ्जामा माघ २६ गतेबाट ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुदैँ

syangja daud

स्याङ्जा, ८ माघ । यही माघ २६ गते स्याङ्जाको पुतलीबजारमा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ भन्ने मूल नाराका साथ सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ग्रामिण स्तरमा पनि राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्न पनि सो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाई छ । क्रस कन्ट्री दौड प्रतियोगिता २१ वर्ष मुनिकालाई १४ किलोमिटर तय गरिएको छ भने खुला प्रतियोगिता ३१ किलोमिटरको हुनेछ ।

पुतलीबजारको बराहचौरबाट सुरु हुने प्रतियोगिता शुक्ला गण्डकी, बिरुवाहुँदै पुतलीबजारमै आएर समापन हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने २१ वर्ष मुनिका समूहलाई २० हजार, द्धितियलाई १५ हजार र तृतियलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने खुला समूहको प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार, द्धितियलाई ४० हजार र तृतियलाई ३० हजारको पुरस्कार दिईनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);