माघ ६ गते झिल्टुङ क्रस कन्ट्री दौड हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

माघ ६ गते झिल्टुङ क्रस कन्ट्री दौड हुँदै

काठमाडौं,२६ पुस । झिल्टुङ क्रस कन्ट्री दौडको आठौं संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा÷छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा÷ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमासमूह गरी १० विधा समेटिएको छ । तीमध्ये खुला महिला÷ पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।

प्रतियोगिता आयोजक वडा–५ स्थितकोल्पुटारबाट शुरु भई बेलिनी, छाप, राजओडार, , सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्चीबाटो रहेको छ । खुला महिला÷पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय खुलातर्पmको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्पmका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् ।

खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्पmका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ । स्थानीय आमा समूहतर्पmको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);