सिन्धुपाल्चोककाे चाैतारामा २४ पुसमा मेयर कप खुला हाफ म्याराथन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चोककाे चाैतारामा २४ पुसमा मेयर कप खुला हाफ म्याराथन

चौसिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा मेयर कप खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाकाे आयाेजनामा २४ पुसमा म्यराथन हुन लागेकाे नगर खेलकुद विकास समितिले बिहीबार आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जनाएकाे छ ।

खुला हाफ म्याराथनमा पुरुष र महिला हाफ म्याराथन, ४०-५९ वर्षसम्मको भेट्रान्स, महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानीवासी महिला र पुरुष विधा समावेश गरिएको चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह-संयोजक अमृतमान श्रेष्ठले बताए । हाफ म्याराथन प्रतियोगिता २१ किलोमिटरको हुनेछ । नगरपालिकाको वडा नम्वर १२ काे साँगाचोकगढीदेखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुँदै ब्याङ्चेपानी पुगेर गौरती भिमसेन मन्दिर परिक्रमा गरी टुँडिखेलमा आएर म्याराथन पूरा हुने सह-संयोजक श्रेष्ठले बताए ।

भेट्रान्सतर्फको सबै इभेन्ट भने ईर्खुबाट सुरू हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ । हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार चार सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार दुई सय २२, तेस्रो हुनेने ११ हजार एक सय ११ र चौथो हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन् ।

४०-५९ वर्षसम्मको भेट्रान्स पुरुष र महिला विधाका दुवै विजेताले समान नाै हजार नाै सय ९९ रुपैयाँ प्रात गर्नेछन् । दोस्रो हुनेले पाँच हजार पाँच सय ५५ रुपैयाँ र तेस्रो हुनेले तीन हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछ । सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले पाँच हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय महिला र पुरुष दुवै विजेताले पाँच हजार पाँच सय ५५ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरिय खुला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरिय खुला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।

खेल अवधिभर खेलाडीहरूलाई लजिङ्ग, फुडिङको व्यवस्था आयोजकले गर्नेछ । यस्ता प्रतियोगिताले नगरभित्रका पर्यटकीय क्षेत्र गौरती मन्दिर, भूत छागा, हर्लङ्ग बर्लङ्ग,र्‍याप्टिङ्ग र प्याराग्ल्याइडिङ्गको प्रवर्द्धन भइ आन्तरीक प्रवर्द्धनमा टेवा समेत पुग्ने आयोजकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);