दौडिन्छ डडेल्धुरा’ नामक हाफ म्याराथन संचालन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दौडिन्छ डडेल्धुरा’ नामक हाफ म्याराथन संचालन हुने

बिमल जैरु २३ चैत, डडेल्धुरा
नयाँबर्ष २०७४ को बिशेष अवसरमा डडेल्धुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने खासगरी सुदुरपश्चिमको पहाडी जिल्लाको केन्द्र बिन्दुको रुपमा रहेको डडेल्धुरामा नँया वर्षको आगमन संगै जिल्लाको पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुद लगाएत यस्तै क्षेत्रको बिकासका लागी सकारात्मक सोचका साथ ड

दौडिन्छ डडेल्धुरा’ नामक हाफ म्याराथन संचालन हुने

बिमल जैरु २३ चैत, डडेल्धुरा नयाँबर्ष २०७४ को बिशेष अवसरमा डडेल्धुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने खासगरी सुदुरपश्चिमको पहाडी जिल्लाको केन्द्र बिन्दुको रुपमा रहेको डडेल्धुरामा नँया वर्षको आगमन संगै जिल्लाको पर्यटन, वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुद लगाएत यस्तै क्षेत्रको बिकासका लागी सकारात्मक सोचका साथ डडेल्धुरा दौडिन्छ भन्ने उद्देश्यका साथ ‘दौडिन्छ डडेल्धुरा’ हाफ म्याराथन ‘दौडिन्छ डडेल्धुरा’भन्ने उद्देश्यल का साथ यही चैत्र २९ गते डडेल्धुरा जिल्लामा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा जिल्लामा पहिलो पटक ‘दौडिन्छ डडेल्धुरा’ हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको बताउ छन । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगर

मुख्य प्रायोजक रातो गुरास रिसोर्ट प्रालिका प्रबन्धक प्रमोद जोशी ले आयोजित पत्रकार सम्मेलन कार्यक्रममा डडेल्धुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गराउन ‘दौडिन्छ डडेल्धुरा’ बिकासका लागि पर्यटनका लागि वातावरण लागि यस म्याराथनले सबैमा साकारात्मकता सोच ल्याओस भन्ने रातो गुरास रिसोर्ट प्रालिका प्रबन्धक जोशी ले बताउनु भयो ।

 

चैत्र २९ गते विहान ७ बजे अमरगढी किल्लाबाट सुरु हुने उक्त प्रतियोगिता तुफानडाडा, किर्तिपुर, रातो गुरास, डकले, रातोगुन, उग्रतारा डकले हुदै रातो गुरास रिसोर्टमा पुगेर समापन हुने । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाइ क्रमश नगद १६ हजार, आठ हजार र चार हजार पुरस्कार प्रदान गरिने छ । यसैगरि महिला सहभागीता प्रोत्साहन स्वरुप पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद चार हजार, दुईहजार र एक हजार पुरस्कार प्रदान गरिने समेत जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मगरले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);