'रन फर प्रोटिन हाफ म्याराथन' पुस पहिलो साता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘रन फर प्रोटिन हाफ म्याराथन’ पुस पहिलो साता

काठमाडौं । पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजन हुने भएको छ । आयोजक नेपाल भेटनरी एसोसिएनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ३ पुस (शनिबार) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ बिधा समावेश गरेकाे नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए । 

म्याराथन पुरुष र महिला दुवै बिधामा हुनेछ । यस्तै, १० किलोमिटर खुला, ५ किलोमिटर खुला, ५ किलोमिटर पुरुष (१२ कक्षासम्म), ३ किलोमिटर महिला (१२ कक्षासम्म) र व्ह्विलचियर दौड हुनेछ । 

हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान एक लाख रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौँ हुनेले ३० हजार रुपैयाँ हात पार्ने छन् । 

१० किलोमिटरका विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ हात पार्ने छन् । ५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने छन् ।

व्ह्विलचियर विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ । म्याराथनमा करिब २ हजारको सहभागी  हुने अनुमान गरेकाे एसोसिएनका अध्यक्ष डाक्टर श्रेष्ठले जानकारी गराए ।  

म्याराथन दशरथ रंगशालाबाट सुरू भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुँदै सोही रुट फिर्ता भई दशरथ रंगशालामा आएर टुंगिनेछ । 

यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपछी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघलगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौडलाई नेपाल एथलेटिक्स एसाेसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);