पोखरा म्याराथन विजेताले चार लाख पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

पोखरा म्याराथन विजेताले चार लाख पाउने

काठमाडाै‌‌ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता हुने भएको छ । आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै १६औं संस्करणको प्रतियोगिता ७ फागुनमा गर्ने बताएको हो ।

यसपटक आयोजकले पुरस्कार राशिमा बढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागी हुने धावकहरूलाई थप आकर्षण दिने प्रयास गरेको बताउँदै पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ ।१६औं संस्करणको पुरुष विजेताले चार लाख पाउनेछन् । खुल्ला ४१ दशमलब १९५ किलोमिटरको म्याराथनमा दोस्रो हुनेले दुई लाख पाउँदा तेस्रो हुनेले एक लाख पाउने जनाइएको छ । यस्तै चौथो हुनेले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

फुल म्याराथन पुरुषतर्फ मात्रै आयोजना हुनेछ भने महिलाको हाफ म्याराथन हुनेछ । यस विधाको विजेताले एक लाख पाउँदा दोस्रोले ७५ हजार पाउनेछन् भने तेस्रो हुनेले ५० पाउँदा चौथोले १५ हजार पाउनेछन् । 

आयोजकको दाबीअनुसार यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासकै पहिलो सर्वाधिक नगद हो । प्रतियोगितामा फुल म्याराथन र हाफ म्याराथनसँगै १० किलोमिटर पुरुष तथा महिला, पाँच किलोमिटर छात्रा छात्र, ह्विलचियर तथा दृष्टिविहीन पुरस्कार राशिमा समेत केही वृद्धि गरिएको छ । 

आयोजकले १६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित गर्न २१ वटा उपसमिति गठन गरिएको बताएको छ । यस्तै आयोजकले आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’ मा दर्ता गराउने योजनासँगै पुरस्कार प्रथम राशि १० लाख पुर्‍याउने लक्ष्यका साथ अघि बढेका बताएको छ । यस संस्करणको प्रतियोगिताको अनुमानित कुल खर्च ९३ लाख रहेको र आम्दानी एक करोड पाँच लाख हुनेसमेत आयाेजकले जनाएको छ ।  
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);