भेट्रान्स कपको उपाधि झापालाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भेट्रान्स कपको उपाधि झापालाई

काठमाडौं । एफडी खुमलटार भेट्रान्स क्लबलाई  पराजित गर्दै झापा भेट्रान्स एफसी ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता’ को विजेता बनेको छ । मंगलबार  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  भएको फाइनलमा  खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो । 

प्रतिस्पर्धात्मक खेलमा झापालाई जित दिलाउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै  खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए । प्रतियोगितामा झापा  अपराजित रहँदै विजेता बन्न सफल भएको हो । 

लिगकप नकआउट प्रणालीमा खेलाएकाे यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए  । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको विजेता टोली झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले  दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);