भेट्रान्स फुटबलको तयारी पूरा, विजेताले पाँच लाख पाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

भेट्रान्स फुटबलको तयारी पूरा, विजेताले पाँच लाख पाउने

काठमाडौं । पहिलो संस्करणको मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक फुटबलर्स मिसन टुगेदरले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

प्रतियोगिता ६ देखि १६ कात्तिकसम्म आयोजना हुनेछ । प्रतियोगिताका खेल दशरथ रंगशाला र आर्मी मैदान लगनखेलमा हुनेछ ।  प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मी भेट्रान्स क्लब र फुटबल फेलोसिप क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ११ बजे सुरु हुनेछ । 

लिगकप नकआउट प्रणालीमा खेलाइने प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखl ४० वर्ष उमेरसम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनुपर्नेछ। खेलको समय अवधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइनेछ । 

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगिता आयोजना गर्न एन्फा, ललितपुर महानगरपालिका, नागार्जुन नगरपालिका, भक्तपुर थिमी नगरपालिका र गोदावरी नगरपालिकाले सहयोग गरेका छन् । प्रतियोगिताको अनुमानित बजेट २२ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);