अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको वरियताक्रममा नेपाल एक स्थान तल झ-यो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको वरियताक्रममा नेपाल एक स्थान तल झ-यो

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा १ सय ६८ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो । माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १ सय छैटौं स्थानमा उक्लेको छ भने माल्दिभ्स दुई स्थान सुधार गर्दै १ सय ५६ औं स्थानमा छ । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो स्थानमा कायमै छ ।

फ्रान्स र इटली एक स्थान सुधार गर्दै तेस्रो र चौथो स्थानमा उक्लेका छन भने इंग्ल्याण्ड पाँचौं स्थानमा झरेको छ । अर्जेन्टिना छैटौं, स्पेन सातौं र पोर्चुगल आठौं स्थानमा छन् । एसियाली राष्ट्रमा इरान २२ औं र जापान २८ औं स्थानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);