विश्व फुटबलको वरीयतामा नेपालको तीन स्थान सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विश्व फुटबलको वरीयतामा नेपालको तीन स्थान सुधार

काठमाडाैं । विश्व फुटबलको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो ।नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको छ ।

अघिल्लो वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको फुटबल वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ५ औं माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ ।

यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा इटाली रहेका छन् । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा रहेका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);