भेट्रान्स कप फुटबलमा आयोजकको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भेट्रान्स कप फुटबलमा आयोजकको सहज जित

पोखरा । पोखरामा बगर भाइ खलकको आयोजनामा जारी एट ए साइड फुटबल प्रतियोगितामा आयोजक विजयी सुरुवात गरेको छ । अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको खेलामा आयोजकको टीम एले काठमाडौंको बौद्ध भेट्रान्समाथि ५–२ गोलअन्तरको जीत निकालेको हो ।

आयोजकको जीतमा मनोज गुरुङले ह्याट्रिक पुरा गरे । राजकुमार लामा र दीपक गर्वुजाले समान १–१ गोल थपे । बौद्धको तर्फबाट रञ्जित लामा र तीर्थ लामाले १–१ गोल गरे ।

दोस्रो दिन थप ६ खेल सम्पन्न भएका छन् । लिगकम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत सानो गौचरन भेट्रान्स काठमाडौले थापा गाउँ काठमाडौंलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा हेटौंडाको नागसोती टिमले सिमरा भेट्रान्सलाई २–०, पशुपति भेट्रान्स काठमाडौले किङ कम भेट्रान्सलाई टाई ब्रेकरमा २–१ ले पराजित गरेको छ ।

यस्तै, पोखराको एविसी भेट्रान्स ‘ए’ टिमले काठमाडौंको टुँडिखेल भेट्रान्स माथि ३–० को सहज जित दर्ता गरेको छ । ४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पीढीलाई खेलकुद प्रति अभिरुचि जगाउन हरेक वर्ष प्रतियोगिता हुँदै आएको छ । अहिलेको संस्करणमा २५ टीम सहभागी रहेका आयोजकले जनाएको छ ।

उपाधि विजेताले १ लाख ५१ हजार १ सय १ सय ११ सहित रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद ७५ हजार ५ सय ५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने छ भने सेमिफाइनल पुग्ने दुई टिमलाई नगद १०/१० हजार पुरस्कार दिइने अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);