नेपालगन्ज म्याराथन विजेताले ओलम्पिकमा सिधै सहभागिता लिन पाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालगन्ज म्याराथन विजेताले ओलम्पिकमा सिधै सहभागिता लिन पाउने

काठमाडौं, २४ कार्तिक । नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले सन २ हजार २१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउने पाउने भएको छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले स्वीकृति दिइसकेको छ । त्यस्तै म्याराथन विजेताले ओलम्पिकमा सहभागिता जनाउन पाउने भएको छ ।

नेपाल ओलम्पिक कमिटी एनओसीले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ कोरोना महामारीका कारण एथ्लेटिक्सको ओलम्पिक छनोट हुन नसकेकोले यही म्याराथनलाई छनोटको रुपमा लिन लागिएको हो ।

कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद गतिविधि प्रभावित भइरहेको बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुँदैछ ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश स्पर्धा भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पूरा हुने छ । म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);