लण्डन म्याराथनमा गोपीचन्द्रले प्रतिष्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लण्डन म्याराथनमा गोपीचन्द्रले प्रतिष्पर्धा गर्दै

काठमाडौं,२९ चैत्र । नेपालका धावक गोपिचन्द्र पार्कीले लण्डन म्याराथनमा प्रतिष्पर्धा गर्ने भएका छन् । यस संस्करणको लण्डन म्याराथन आगामी अप्रिल २१ मा शुरु हुँदैछ । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण विजेता गोपिचन्द्रले यस पटक नेपालको तर्पmबाट चुनौती प्रश्तुत गर्ने भएका हुन् ।

त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दैछन् । बुधवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीलगायतले गोपिलाई बिदाइ गरे ।

उनी नवौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लण्डन म्याराथनका लागि छनोट भएका हुन् । नेपालगञ्ज म्याराथनले नेपाल रन युकेको सहकार्यमा विजेतालाई लण्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गत मंसिर नेपालगन्ज म्याराथन म्याराथन जितेयता गोपिचन्द्रले लण्डन म्याराथनको तयारी गरिरहेका थिए ।

उनी एपिएफका खेलाडी हुन् । नेपालबाट छनोट भएर पहिलोपटक कुनैपनि धावक लण्डन म्याराथनको इलिटर्पm प्रतिष्पर्धा गर्न लागेको हो । लण्डन म्याराथनको विभिन्न विधामा गरेर पाँच लाख ६० हजार मानिस दौडनेछन् । इलिटमा भने करिव ५० हजार धावक हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);