आईपीएलको उपाधिका लागि आज मुम्वई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आईपीएलको उपाधिका लागि आज मुम्वई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै

एजेन्सी, २५ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्ने भएका छन् ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने आठ बजे सुरु हुने खेलमा साविक विजेता मुम्वई र पहिलो पटक फाइनलमा पुगेको दिल्लीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

मुम्बईले पहिलो क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनलमा पुग्दा दिल्लीले भने दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई पराजित गर्दै मुम्बईसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

उपाधि भिडन्तमा मुम्बई पाँचौं पटक उपाधि जित्ने लक्ष्यमा हुँदा आईपीएलको इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली पनि उपाधि जित्ने मौका गुमाउने पक्षमा छैन् । जारी सिजनमा मुम्बईले १५ मध्ये १० म्याच जितेको थियो भने दिल्लीले खेलेका १६ मध्य ९ म्याच जित्न सफल भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);