युरोपा लिग फुटबल उपाधिका लागि युनाइटेड र रियलबीच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

युरोपा लिग फुटबल उपाधिका लागि युनाइटेड र रियलबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी । युरोपा लिग फुटबल उपाधिका लागि आज इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड र स्पेनको भिल्ला रियलबीच प्रतिस्पर्धा हुदैछ । पोल्याण्डको पोसाल्ट एरिनामा नेपाली समय अनुसार आज राती पौने एक बजेबाट खेल सुरु हुनेछ । फाइनलका लागि म्यान्चेस्टर युनाइटेड केहि खेलाडीको चोटका कारण चिन्तामा छ ।

कप्तान हेरी मगुइराले फाइनल खेल्न नपाउने भएपनि म्यानचेस्टर युनाइटेडको प्रशिक्षक ओले गनरले पहिलो उपाधि जित्ने लक्ष्यमा रहेका छन् । पछिल्लो चार बर्षमा एउटापनि उपाधि जित्न सकेको म्यान्चेस्टर युनाइटेडले उपाधि जित्नेमा प्रशिक्षक गनर विश्वस्त छन् ।

फाइनलमा भिल्ला रियललाई पराजित गरेर उपाधि जित्नेमा विश्वस्त रहेका छन । यसैगरी भिल्ला रियलका प्रशिक्षक उनेइ इमिरे युरोपा लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उउपाधि जित्ने विश्वासमा छन् ।

२०१४, २०१५ र २०१६ मा स्पेनको सेभियालाई युरोपा लिग जिताएका इमिरे चौथो पटक पनि उपाधि जित्नेमा दाउमा छन् । फाइनलमा दुबै क्लवका दुई हजार समर्थकलाई मैदान प्रवेश गराइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);